काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले सेयर बजारमा आफूले गरेको लगानीको स्रोत ऋण भएको बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक) मार्फत आफूमाथि उठेका प्रश्नको जवाफ दिँदै गुरुङले आफूले ऋणबाट जुटाएको रकम सेयर बजारमा लगानी गरेको बताएका हुन् ।
गुरुङले आफूले २०८० भदौ २९ गते लिएको ऋणको लिखित तमसुक रेकर्डमा भएको उल्लेख गर्दै लगानीको स्रोत ऋण भएको दाबी गरेका छन् ।
‘…मैले लगानी गरेको रकम ऋण (कर्जा) मार्फत जुटाइएको हो र त्यसको लिखित तमसुक मिति २०८०/०५/२९ को हो, जुन रेकर्डमा नै छ ।’, गुरुङले लेखेका छन्, ‘उक्त तमसुकअनुसार ऋण लिइएको रकम बैंकिङ च्यानलमार्फत आएको छ र सोही रकम लगानीमा प्रयोग गरिएको हो ।’
त्यस्तै, उनले सेयरमा लगानी गरेको स्वीकार गर्दै सेयरमा लगानी गर्नु अपराध हो ? भन्दै प्रश्न समेत गरेका छन् ।
‘…मन्त्री हुनुअघि सेयर किनियो भनिएको छ । यो देशमा सेयरमा लगानी गर्नु कहिलेदेखि अपराध भयो ?’, उनले लेखेका छन्, ‘सम्पूर्ण कारोबार बैँकिङ च्यानलमार्फत भएको छ । बैंकबाट गएको पैसाको सबै हिसाब हुन्छ । कहिले गयो, कहाँ गयो, कसलाई गयो सबै देखिन्छ । यस्तो हिसाब हुने पैसा कसरी लुकाउने ? कहाँ लुकाउने ?’
गुरुङले विवादित व्यक्तिसँग साँठगाँठ भएको भन्ने आरोपको स्पष्टिकरण दिँदै सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएको बताएका छन् । यदी सेयर किन्नुलाई साझेदारी मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रुपमा दोषी ठहर गर्नुपर्ने र त्यो न्यायोचित नभएको पनि गुरुङले बताएका छन् ।
‘एउटै कम्पनीमा सयौँ–हजारौँ सेयरहोल्डर हुन्छन् । सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन । यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन ।’, उनले लेखेका छन्, ‘त्यही कम्पनीमा मिडिया हाउसदेखि बैंकसम्मका लगानी छन्। के ती सबै साझेदार वा दोषी हुन् त ?
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्