Skip to content
LAXMI SUNRISE BANK

सुदन गुरुङले भने- ‘अनुसन्धानमा सहयोग गर्न तयार छु’

अर्थ सरोकार

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि लागेका आरोपको निष्पक्ष छानबिनमा सहयोग गर्ने बताएका छन् । सामाजिक सञ्जाल (फेसबुक)मा प्रष्टिकरण दिँदै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

आरोप र सत्य एउटै कुरा नभएको भन्दै उनले आफूमाथि उठेका विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रुपमा पालना गर्ने र अनुसन्धानमा सहयोग गर्ने बताएका छन् । 

‘…म यस विषयमा पार्टीले गर्ने हरेक निर्णयको पूर्ण रूपमा पालना गर्नेछु र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार छु ।’, गुरुङले भनेका छन् ।

त्यस्तै, उनले व्यक्तिगत लगानीलाई बिचौलियासँगको मिलेमतोको रुपमा व्याख्या गर्नु उचित नहुने भन्दै लगानी गर्नु र बिचौलियापन गर्नु फरक कुरा भएको प्रष्ट्याएका छन् ।

सोही पोष्टमार्फत गुरुङले आफूले सेयरमा गरेको लगानीको स्रोत ऋण भएको र सो को लिखित तमसुखको रेकर्डसमेत रहेको उल्लेख गरेका छन् । त्यस्तै, उनले आफूले सेयरमा लगानी गरेको स्वीकार गर्दै सेयरमा लगानी गर्नु अपराध हो ? भन्दै प्रश्न समेत गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK