काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ उत्पादन (जिडिपी) को अनुपातमा सानो भएको बताएका छन् । अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।
उनले हेर्दा आकारका हिसाबले बजेट ठूलो देखिए पनि बजेट त्यो भन्दा सानो भएको बताएका छन् ।
चालु आर्थिक वर्षका लागि प्रक्षेपित जिडिपी करिब ७४ खर्ब ५८ अर्ब रुपैयाँ रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले बजेट त्यसको जम्मा २८.५ प्रतिशत मात्र रहेको बताएका छन् ।
उनले जिडिपीको अनुपातमा बजेटको आकार ३० प्रतिशत भन्दा माथि जाने विगतको प्रवृत्तिलाई तोडेर राज्यको कार्यान्वयन क्षमता अनुकुल हुनेगरी बजेट ल्याइएको दाबी गरेका छन् । त्यस्तै, उनले आगामी दिनमा जिडिपीको वास्तविक आधार केही तलमाथि हुनसक्ने भन्दै त्यस विषयमा मध्यावधि समीक्षामा थप मुल्यांकन गर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्