Skip to content
LAXMI SUNRISE BANK

नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी साहलाई

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगममा निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी नागेन्द्र साहलाई दिइएको छ । 

चार्टर्ड एकाउन्टेन्ट समेत रहेका साहलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी साहले निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएकी हुन् । उनी यसअघि निगममा नायब कार्यकारी निर्देशक थिए ।

निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले बैशाख ३० गते पदबाट राजीनामा दिएपछि निगममा कार्यकारी निर्देशकको पद एक सातादेखि रिक्त थियो । 

सोही रिक्त रहेको कार्यकारी निर्देशक पदमा साहलाई निमित्तको जिम्मेवारी दिइएको छ । साह निगममा विगत १९ वर्षदेखि कार्यरत छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK