Skip to content
LAXMI SUNRISE BANK

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा वैद्य निर्वाचित

अर्थ सरोकार

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को वरिष्ठ उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । आज भएको निर्वाचनबाट उनी निर्वाचित भएका हुन् ।

महासंघको निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणामअनुसार वैद्यले ५६ मत प्राप्त गर्दै विजय हासिल गरेका छन् ।

उनका प्रतिष्पर्धी रामचन्द्र सांघईले ३० मत प्राप्त गरेका छन् । त्यस्तै, महासंघको कोषाध्यक्ष पदमा मनिषलाल प्रधान विजयी भएका छन् । प्रधानले ६१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी अम्बिकाप्रसाद पौडेलले २५ मत प्राप्त गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK