काठमाडौँ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत भरतपुर वितरण केन्द्रले विद्युत महसुल लामो समयसम्म नतिर्ने २८१ ग्राहकलाई कालोसूचीमा राखेको छ । कार्यालयका अनुसार पटक-पटक सूचना जारी गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि ती ग्राहकलाई कालोसूचीमा राखिएको हो ।
विद्युत कार्यालय प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राख्ने गरेको छ । प्राधिकरणका कर्मचारीले विद्युत् मिटर रिडिङ गरेको दुई महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्ने गरेको छ ।
सुरुवातमा विद्युत महसुल बक्यौता धेरै भएका ग्राहकको लाइन काटिन्छ । लाइन काटेको ६ महिनासम्म पनि विद्युतको महसुल नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने गरिन्छ । लाइन काटिसकेपछि कालोसूचीमा परेका ग्राहकहरूले फेरि ग्राहक बन्नका लागि नयाँ ग्राहक सरह पुरानो पैसा तिरेर आवेदन दिई ग्राहक बन्न पाउने नियम रहेको प्रमुख चौधरीले बताए ।
त्यस्तै, पछिल्लो समय नागरिकहरु सचेत हुँदै गएको हुँदा विगतका वर्षहरूमा भन्दा कालोसूचीमा पर्नेको संख्या घट्दै गएको उनले बताए । भरतपुर वितरण केन्द्रमा हालसम्म ७५ हजार ग्राहक रहेका छन् ।
यसैगरी भरतपुर विद्युत कार्यालयमा सेवाप्रवाहलाई सहज बनाउन ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको छ । ग्राहकहरुको सहजताका लागि कार्यालयले ‘एकद्वार प्रणाली’ कार्यान्वयन गरिएको हो ।
विद्युत कार्यलयका प्रमुख राजेन्द्र कुमार चौधरीका अनुसार पहिले सेवाग्राहीले एउटा कामका लागि विभिन्न टेबल र फाँट धाउनुपर्ने बाध्यता थियो । कुन फाँटमा जाने, कुन नम्बरमा पुग्ने भन्ने अन्योलका कारण सेवाग्राहीले सास्ती खेप्नुपरेको अवस्था अहिले हटाइएको उनले बताएका छन् । प्रमुख चौधरीले अहिले एकद्वार प्रणाली लागू भएपछि एउटै स्थानबाट आवश्यक जानकारी र सेवा प्राप्त गर्न सकिने व्यवस्था गरिएको जानकारी दिए । यसबाट सेवाग्राहीको समय बचत हुनुका साथै काम छिटो र व्यवस्थित रूपमा सम्पन्न हुन थालेको उनले उल्लेख गरे ।
उनले सेवामैत्री वातावरण निर्माण गर्दै नागरिकलाई सरल, छिटो र प्रभावकारी सेवा दिन विभिन्न सुधारका काम अघि बढाइएको बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्