Skip to content
LAXMI SUNRISE BANK

लिचीबारी प्रकरणः पूर्वमन्त्री गुप्तालाई धरौटीमा छोड्न आदेश

अर्थ सरोकार

काठमाडौँ । पूर्वमन्त्री राजकुमार गुप्तालाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । पोखराको लिचीबारी प्रकरणमा पक्राउ परेका गुप्तालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले गुप्तालाई ५० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

यसो त गुप्तालाई यसअघि विशेष अदालत काठमाडौँले २०८२ पुष १६ गते पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, सर्वोच्चले विशेषको उक्त आदेश उल्ट्याउँदै गुप्तालाई धरौटीमा छोड्न आदेश दिएको छ ।

उनीमाथि घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ । उनले मालपोत कार्यालयका प्रमुख अधिकारीहरुको सरुवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै सो घुस लिएका थिए । घुस लिएको प्रमाण फेला परेपछि उनीविरुद्ध २०८२ असोज २२ गते भ्रष्टाचार मुद्दा दायर गरिएको थियो ।

यता सोही प्रकरणमा मध्यस्तकर्ताको भूमिका खेलेकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठलाई विशेष अदालतले ५ लाख धरौटीमा छोड्न आदेश दिएको थियो । तर, सरकारका तर्फबाट उनलाई पुर्पक्षका लागि थुनामै राख्न माग गर्दै निवेदन परे पनि सर्वोच्च उनको हकमा विशेष अदालतले गरेको धरौटीमा छोड्ने आदेश ठिक रहेको बताएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK