काठमाडौँ । समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना बचतकर्ताले रकम फिर्ता पाएका छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका ३ सय ४ जना साना बचतकर्तालाई रकम फिर्ता गरेको हो ।
जसमध्ये कृषि सहकारीका ८८ जना र शिव शिखरका २ सय १६ जनालाई बचत रकम फिर्ता गरिएको समितिले जनाएको छ ।
समितिका अनुसार पहिलो चरणमा सहकारीमा थोरै बचत भएका भएका साना बचतकर्ताको रकम फिर्ता गरिँदैछ । समितिले ५ लाख भन्दा कम बचत भएका बचतकर्तालाई साना र ५ लाख भन्दा बढी बचत भएका बचतकर्तालाई ठूला बचतकर्तामा वर्गीकरण गरेर रकम फिर्ता गरिरहेको छ ।
हाल साना बचतकर्ताको रकम फिर्ता गरिरहेको समितिले जनाएको छ । यसअघि समितिले कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर सहकारीका १ सय ५६ र पशुपति सहकारीका ७ गरी कुल ३ सय ७८ जनाको रकम फिर्ता गरिसकेको छ ।
समस्याग्रस्त सहकारीमा करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्न बाँकी रहेको समितिले जनाएको छ । ती मध्ये अधिकांश साना बचतकर्ता छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्