काठमाडौँ । आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरुबीच झण्डै झगडा भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएर बाहिरिएपछि संसदमा हंगामा भएको हो ।
प्रधानमन्त्री शाह बाहिरिएसँगै विपक्षी दलका सांसदहरुले उठेर संसदमा अवरोध गरेका थिए ।
श्रम संस्कृति पार्टी र नेकपा एमाले लगायतका दलका सांसदहरुले उठेर चर्कोचर्को स्वरमा विरोध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तमाङ जंगिएकी थिइन् ।
आशिकाले जंगिदै विपक्षीद दलका सांसदहरुले गरेको अवरोधको विरोध गरेपछि दुवै पक्षबीच चर्काचर्की भएको थियो । अवस्था बिग्रिन सक्ने स्थिति देखेपछि रास्वपाका अन्य सांसदहरुले आशिकालाई थम्थमाएका थिए ।
अन्ततः आशिकालाई साथीहरुले संसदबाटै बाहिर लगेपछि संसदभित्रको माहोल शान्त बनेको थियो । हाल पुनः संसद बैठक अघि बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्