काठमाडौँ । सहकारीहरुले धितो नै नहेरी ‘हचुवा’को भरमा ऋण दिने गरेको पाइएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको स्थलगत निरीक्षणका क्रममा अधिकांश सहकारीहरुले धितो नहेरी ऋण दिने गरेको पाइएको हो ।
प्राधिकरणले केही ठूला सहकारीहरुमा गरेको स्थलगत अनुगमनबाट सहकारीहरुले धितो भनेर ल्याइएका कागजका भरमा ऋण दिने गरेको खुलेको छ ।
यतिसम्म कि सहकारीहरुले कागजकै भरमा लाखौँ रुपैयाँ ऋण दिने र खराब कर्जामा पनि नोक्सानी व्यवस्था नगरेको पाइएको छ । अर्कोतर्फ परिवारकै सदस्य संस्थाको उच्च व्यवस्थापनमा हावी हुँदा मनपरी पैसा चलाउने, असुली गरिएको ऋण नवीकरण नगर्ने तथा ‘डिफल्ट लोन’ असुलीमा बेवास्ता गर्ने गरेको पनि पाइएको छ ।
अधिकांश सहकारीमा परिवारकै सदस्य ऋण समिति र धितो मूल्यांकन समितिमा हुँदा सहकारीमा मनपरी बढेको प्राधिकरणले निष्कर्ष निकालेको छ ।
अर्कोतर्फ पुराना र समस्यामा परेका ठूला सहकारीमा ठूलो रकम जम्मा गरेका ठूला बचतकर्ताहरुले स्रोत नखुलेको रकम जम्मा गरेको आशंका गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्