काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने घोषणा गरेको छ । सोमबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एकीकृत बचतकर्ता सुरक्षण कोष स्थापना गरी बचतकर्ताको बचत फिर्ता गर्ने घोषणा गरेका हुन् ।
उक्त कोषमा सहकारीको कर्जा असुली गरेर प्राप्त रकम जम्मा गरिनेछ । सोही रकमबाट बचतकर्ताको बचत फिर्ता गरिने सरकारले घोषणा गरेको छ ।
यसो त सरकारले सहकारीको बचत फिर्ता गर्ने उद्देश्यले रिभल्भिङ कोष स्थापना गरिसकेको छ । उक्त कोषका लागि सरकारले २५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
हाल समस्याग्रस्त सहकारीका ऋणीबाट असुल गरिएको रकम सोही कोषमा जम्मा गर्ने व्यवस्था गरिएको छ । त्यस्तै, राष्ट्रिय सहकारी नियमन प्राधिकरणलाई समेत सुदृढीकरण गर्ने सरकारले घोषणा गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्