काठमाडौँ । सरकारले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने तयारी गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जेठको पहिलो सातादेखि सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्ने सरकारी तयारी रहेको बताएकी हुन् ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री रावलले यस्तो बताएकी हुन् । उनले जेठको पहिलो सातादेखि बचत फिर्ता प्रक्रियाको औपचारिक सुरुवात गर्ने प्रतिबद्धता समेत व्यक्त गरेकी छिन् ।
मन्त्री रावलले सहकारीको बचत फिर्ता गर्ने आधार नै ऋण असुली भएको समेत उल्लेख गरेकी छिन् । उनले त्यसका लागि सरकारले कडा कदम चाल्ने पनि स्पष्ट पारेकी छिन् ।
उनका अनुसार समस्याग्रस्त सहकारीबाट ऋण लिएर समयमा चुक्ता नगर्ने ऋणीहरूको नामावली मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिने पनि जानकारी दिएकी छिन् । ऋण असुली प्रक्रियालाई प्रभावकारी बनाउन सरकारले ऋणीहरूलाई प्रदान गरिने सार्वजनिक सेवा सुविधाहरू रोक्ने तयारी समेत गरेको छ ।
सहकारी समस्या समाधानका लागि मन्त्रालयले नेपाल राष्ट्र बैंक र महान्यायाधिवक्ताको कार्यालयलगायतका सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय गरिरहेको जानकारी दिइएको छ । फरार रहेका ठूला ऋणीहरूलाई कानूनी दायरामा ल्याई उनीहरूबाट ऋण असुल गरेरै बचतकर्ताको रकम सुरक्षित फिर्ता गराइने मन्त्री रावलको दाबी छ । त्यस्तै, उनले बचत फिर्ताका लागि आवश्यक मोडालिटी र थप कार्ययोजनाबारे मन्त्रालयका सचिव तथा सह-सचिवहरूले प्राविधिक स्पष्टता पार्ने र सरकार यस मुद्दामा पूर्ण प्रतिवद्ध रहेको पनि बताएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्