काठमाडौँ । समस्याग्रस्त ५ सहकारीका ऋणीको नाम सार्वजनिक गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले घेदुङ्ग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।
यी सहकारीहरु २०८० चैत १९ गते समस्याग्रस्त घोषित भएका थिए । त्यस्तै, चैत १३ गते समस्याग्रस्त घोषणा भएको गौतमश्री सहकारीका ऋणीहरुको नाम पनि सार्वजनिक गरिएको छ ।
ऋणीहरुको नाम सार्वजनिक गर्दै समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले ऋण तिर्न पनि ताकेता गरेको छ । त्यस्तै, ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएकालाई सप्रमाण कार्यालयमा उपस्थित हुन पनि आग्रह गरिएको छ ।
यसका बावजुत पनि ऋण नतिर्ने र सम्पर्कमा नआउने ऋणीहरुलाई कानून बमोजिम कारवाही गर्ने र सम्पत्ति असुल गरिने कार्यालयले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्