Skip to content
LAXMI SUNRISE BANK

बोर्ड अध्यक्षले गरे पदभार ग्रहण, पूँजी बजारको विकासमा इमानदार भएर काम गर्ने बाचा !

अर्थ सरोकार

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पदभार ग्रहण गरेका छन् । सोमबार शपथ ग्रहण गरेका भट्टले सोमबार नै बोर्डको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन् । 

पदभार ग्रहण गर्दै डा. भट्टले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी सचेतना कार्यक्रम गर्ने पहिलो निर्णय गरेका छन् । 

अध्यक्षका रुपमा पदभार ग्रहण गर्दै भट्टले सरकार र अर्थमन्त्रीको योजना अनुसार पूँजी बजारको विकासमा इमानदारीपूर्वक काम गर्ने बताएका छन् । 

त्यस्तै, उनले आफ्नो ज्ञान, अनुभव र सीपलाई पूर्ण रुपमा बजारका लगानीकर्ताको हित र सरकारको आर्थिक वृद्धिको लक्ष्यलाई सघाउने गरी काम गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन् । भट्टलाई गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्ष नियुक्त गरेको थियो । 

भट्टले सोमबार नै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष पद तथा गोपनीयताको सपथ गरेका थिए । सपथ ग्रहणपछि अर्थमन्त्री वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र हितमा इमानदारीपूर्वक काम गर्न भट्टलाई निर्देशन दिएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK