Skip to content
LAXMI SUNRISE BANK

६ सहकारीलाई १५ दिनभित्र घर-फ्ल्याट खाली गर्न निर्देशन

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ६ सहकारीलाई फ्ल्याट खाली गर्न निर्देशन दिएको छ । एक सूचना जारी गर्दै महानगरले ६ सहकारीलाई १५ दिनभित्र बहालमा लिएको घर, कोठा तथा फ्ल्याट खाली गर्न  निर्देशन दिएको हो । 

सत्कार सहकारी, अमृताम्भ सहकारी, हिराखुसी सहकारी, मार्गदर्शन सहकारी, नवल सवल सहकारी र पञ्चरुपालाई घर तथा फ्ल्याट खाली गर्न निर्देशन दिइएको महानगरले जनाएको छ । 

घर, कोठा तथा फ्ल्याट खाली गर्न निर्देशन दिँदै महानगरले सहकारीका पदाधिकारी, कर्मचारी तथा सदस्यहरुलाई १५ दिनभित्र महानगरको सम्पर्कमा आउन पनि आग्रह गरेको छ ।

यसो त न्यायिक समितिले यसअघि नै सहकारीले भाडामा लिएका कार्यालय, घर तथा फ्ल्याट खाली गराउनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न उक्त सूचना जारी गरिएको महानगरले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK