काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानबहादुर शाहीले अर्थमन्त्रीलाई विज्ञ भन्न ठाउँ नरहेको बताएका छन् । संसदमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेश गरेको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद शाहीले यस्तो बताएका हुन् ।
उनले नेपालको पूँजी समेत बाहिर लैजाने गरी बजेट ल्याएको भन्दै यस्तो बजेट ल्याउनेलाई विज्ञ भन्न नसकिने भन्दै अर्थमन्त्री वाग्लेसँग असन्तुष्टि व्यक्त गरेका छन् ।
सांसद शाहीले सरकारले बिरामीको उपचार खर्चमा समेत कर लगाउने नीति राखेको भन्दै आक्रोश व्यक्त गरे । रोगसँग लडिरहेका नागरिकलाई पनि कर लगाउने सरकारको नीति निर्दयी भएको शाहीको भनाई छ ।
त्यस्तै, उनले सरकारले ल्याएको बजेटले नेपालको औषधी व्यवसाय संकटमा पर्ने पनि बताएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्