काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारीका सञ्चालकले लुकाएको सम्पत्तिबारे सूचना मागेको छ । समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकको नाम सार्वजनिक गर्दै समितिले उनीहरुले लुकाएको सम्पत्तिबारे पनि सूचना मागेको हो ।
समितिले समस्याग्रस्त सहकारीका सञ्चालक, उनीहरुका परिवार, आफन्त, नातागोता र अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए सो जानकारी दिन अनुरोध गरेको छ ।
त्यस्तै, समितिले सहकारीका सञ्चालकहरुले सम्बन्धित संस्थाको दायित्व फरफारक, ऋण असुली, सम्पत्ति र अन्य स्रोत साधनको पहिचान गरी सोको व्यवस्थापन गर्ने र नियमित रुपमा समितिको सम्पर्कमा रही बचत फिर्ता, दायित्व व्यवस्थापन र नियमन कार्यमा सहयोग गर्न आग्रह गरेको छ ।
त्यसका बावजुत पनि सूचनाको अटेर गरे कानून अनुसार कारवाही हुने तथा सम्पत्ति जफत गरिने समितिको कार्यालयले चेतावनी दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्