काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सहकारीका बचतकर्ताको पैसा फिर्ता गर्न राज्यकोषको पैसा खर्च नभएको प्रष्ट पारेकी छिन् ।
पछिल्लो तीन महिनामा ८ वटा समस्याग्रस्त सहकारीका १ हजार ४ सय ५२ साना बचतकर्ताको ५९ लाख ४ हजार ६ सय रुपैयाँ फिर्ता गरिएको जानकारी दिँदै मन्त्री रावले सो पैसा फिर्ता गर्न राज्य कोषको एक पैसा पनि खर्च नभएको प्रष्ट पारेकी हुन् ।
मन्त्री रावलले बचतकर्तालाई फिर्ता गरिएको रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीहरुको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको बताएकी छिन् ।
उक्त अवधिमा ३ करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आगामी दिनमा सहकारीहरूको प्रभावकारी अनुगमन गरिने मन्त्री रावलले बताएकी छिन् । त्यस्तै, निजामती कर्मचारीको उमेर हद र सेवाका सर्तसम्बन्धी ‘संघीय निजामती सेवा विधेयक’ हाल कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको र संसद्मा पेस भएपछि यसबारे टुंगो लाग्ने पनि जानकारी दिएकी छिन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्