Skip to content
LAXMI SUNRISE BANK

अघिल्लो वर्ष सुपर फ्लप भएको नाइमा अटो शो यसपाली साउन २६ बाट, ५००० जतिले हेर्ने अपेक्षा, डेढ लाख भन्ने प्लान फिक्स्ड !

अर्थ सरोकार

काठमाडौँ । अघिल्लो वर्ष सुपर फ्लप भएको नाइमा मोबिलिटी एक्स्पो यसपटक पनि हुने भएको छ । अघिल्लो वर्ष एक्जिबिटर, र पत्रकार बाहेक, ५-७ हजारले अवलोकन गर्दा १ लाखले अवलोकन गरे भनेर झुट बोलेको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले यसपटक पनि करिब डेढ लाखले अवलोकन गरे भन्ने भ्रम छर्ने ‘प्री-प्लान’का साथ अटो शोको आयोजना मिति फिक्स गरेको छ ।

नाडाबाट टुक्रिएर आफ्नै छुट्टै एक्स्पो गरिरहेको फ्लप संस्करणको दोश्रो सिजन २०८३ साउन २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सञ्चालन हुने भएको हो ।

एक्स्पोमा सहभागी चार पाङ्ग्रे, दुई पाङ्ग्रे तथा व्यावसायिक सवारी साधन क्षेत्रका ४९ ब्रान्ड सहभागी हुने जनाइएको छ । अघिल्लो पटक यसरी सहभागी ब्रान्डमध्ये केहीलाई छोडेर अधिकांशले एक्स्पोमा भएको लगानीसमेत उठाउन सकेका थिएनन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK