Skip to content
LAXMI SUNRISE BANK

राष्ट्र बैंकको कारबाहीमा रिलायन्स फाइनान्स, २ हजार ९ सय २४ रुपैयाँ जरिवाना तिराइयो

अर्थ सरोकार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रिलायन्स फाइनान्स लिमिटेडलाई कारबाही गरेको छ । अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले उक्त फाइनान्सलाई कारबाही गरेको हो । 

राष्ट्र बैंकका अनुसार कम्पनीले २०८२ फागुन १० देखि २०८३ बैशाख ५ गतेसम्मको अवधिमा अनिवार्य नगद मौज्दात कायम नगरेको फेला परेको छ ।

यसरी अनिवार्य नगद मौज्दात कायम नगरेपछि राष्ट्र बैंकले कम्पनीलाई कारबाही गरेको छ । कारबाहीस्वरुप कम्पनीलाई २ हजार ९ सय २४ रुपैयाँ ४८ पैसा जरिवाना तिराइएको राष्ट्र बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK