Skip to content
LAXMI SUNRISE BANK

सरकारको १०० दिनः १० सहकारीका १ हजार ७ सय ५४ जनालाई २ करोड ६३ लाख बढी बचत फिर्ता गरियो

अर्थ सरोकार

काठमाडौँ । सरकारले १ हजार ७ सय ५४ जना सहकारीका बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ । सय दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले १० सहकारी संस्थाका १ हजार ७ सय ५४ बचतकर्तालाई बचत फिर्ता गरेको जनाएका हुन् । 

मन्त्री पोखरेलका अनुसार १ हजार ७ सय ५४ बचतकर्तालाई २ करोड ६३ लाख ९० हजार रुपैयाँ फिर्ता गरिएको छ । 

त्यस्तै, सरकारले आफ्नो सय दिनमा सहकारीका बचत फिर्ता र शोधभर्ना प्रक्रियालाई व्यवस्थित बनाउने कार्यविधि ल्याइएको पनि मन्त्री पोखरेलले बताएका छन् । 

थप समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेर सरकार अघि बढिरहेको उनको भनाई छ । उनले सहकारीका ऋणी र सहकारी ठगी प्रकरणमा मुछिएकाहरुबाटै असुली गरेर बचत फिर्ताको काम भइरहेको बताएका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK