Skip to content
LAXMI SUNRISE BANK

देउवा स्वदेश फर्किंदै, विमानस्थलमा सुरक्षा व्यवस्था कडा (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किने भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गत फागुनमा स्वास्थ्य परीक्षणका लागि भन्दै सिंगापुर गएका देउवा आज मध्यान्ह करिब १२:३० बजे काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

देउवाको आगमनलाई मध्यनजर गर्दै विमानस्थलको आगमन गेट तथा आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायको उपस्थिति बढाइएको छ । आगमन क्षेत्रमा प्रवेश तथा आवतजावतमा पनि निगरानी कडा बनाइएको छ ।

देउवालाई स्वागत गर्न नेपाली काँग्रेसका नेता–कार्यकर्ता तथा शुभेच्छुकहरू विमानस्थल पुग्ने तयारी गरिरहेका छन् । सम्भावित भीड व्यवस्थापन तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सुरक्षा निकायले विशेष सुरक्षा योजना लागू गरेको जनाएको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK