काठमाडौँ । नेपालमा रहेका भारतीय समुदाय तथा भारतका मित्रहरूको सहभागितामा काठमाडौँस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइएको छ ।
शनिबार आयोजित समारोहको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट भएको थियो । त्यसपछि नेपालका लागि भारतीय राजदूतले भारतीय राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए भने राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । समारोहमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा गरेको सम्बोधनसमेत प्रसारण गरिएको थियो ।

समारोहका अवसरमा भारतीय राजदूतले भारतीय सशस्त्र बलका दिवंगत ११ कर्मचारीका श्रीमती तथा निकटतम नातेदारलाई सम्मान गरेका थिए । उनीहरूलाई कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरको एजीआईएफ (आर्मी ग्रुप इन्स्योरेन्स फण्ड) चेक हस्तान्तरण गरिएको दूतावासले जनाएको छ ।
त्यसैगरी, ८०औँ स्वतन्त्रता दिवसको अवसरमा दूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई पनि सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आधारित चित्रकला प्रतियोगिता, विकसित भारत दौड तथा अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो । समारोहमा ‘भारत को जानिए’ हाजिरीजवाफ प्रतियोगिताको विशेष संस्करणका विजेतालाई समेत पुरस्कार प्रदान गरिएको थियो ।

दूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान उपलब्ध गराउने घोषणा पनि गरेको छ । शैक्षिक स्रोतमा पहुँच विस्तार गर्ने उद्देश्यले उक्त पहल अघि बढाइएको दूतावासले जनाएको छ ।
स्वतन्त्रता दिवस समारोहमा नेपालमा रहेका भारतीय समुदायका सदस्य, भारतका मित्र, दूतावासका अधिकारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति तथा देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्