काठमाडौँ । अघिल्लोपटक सुपर फ्लप भएको नाइमा अटोमोबिलिटी एक्स्पोको दोस्रो संस्करण झन् प्रथम दृष्टिमै ‘डुपर फ्लप’ भएको छ । यतिसम्मकि नाइमाको संस्थागत अनुरोधलाई वेवास्ता गर्दै कुनै मन्त्रीले पनि एक्स्पो उद्घाटन गर्न नमानेको खुलासा भएको छ । अर्थमन्त्रीले नमानेपछि अन्य मन्त्रीलाई पनि आग्रह गरेको नाइमाको एक्स्पो उद्घाटन गर्न कुनै मन्त्रीले नमानेपछि अन्ततः प्रहरी प्रमुख दान बहादुर कार्कीलाई बिन्ती गरिएको पाइएको छ ।
यसअघिको नाइमा एक्स्पो तत्कालीन अर्थमन्त्रीले उद्घाटन गरेका थिए । यसपटक पनि एक्स्पो उद्घाटनका लागि नाइमाको टोली अर्थमन्त्रीलाई आग्रह गर्न गएको थियो । तर नाइमाको संचालक समितिमा रहेका विवादास्पद व्यापारीविरुद्ध राज्यका विभिन्न निकायले अनुसन्धान गरिरहेको र अदालतमा समेत मुद्दा रहेको देखाउँदै अर्थमन्त्री सो एक्स्पोमा नजाने निर्णयमा पुगेका थिए ।
नाइमाका सञ्चालक शेखर गोल्छालाई अदालतले नाइमा उद्घाटनकै दिन १ करोड धरौटीमा छाड्न निर्देशन दिएको थियो । यसअघि धितोपत्र सम्बन्धी कसुरमा पनि गोल्छालाई १ करोड धरौटी मागिएको थियो ।
यस्तै, नाइमाका अन्य संचालक पनि विभिन्न प्रकरणमा मुछिएका कारण अर्थमन्त्री नाइमा उद्घाटनमा नआउने पक्का भएपछि नाइमाको टोली अरु मन्त्रीहरुकहाँ एक्स्पो उद्घाटनका लागि आग्रह गर्न पुगेको थियो । तर कुनै मन्त्रीले पनि नाइमा एक्स्पो उद्घाटन गर्न नमानेपछि नाइमाले प्रहरी प्रमुख दान बहादुर कार्कीबाट एक्स्पो उद्घाटन गराएको थियो ।
पहिलो दिन नाइमा एक्स्पो करिव ५ हजारले हेरेका थिए । ५००० मध्ये ९० प्रतिशतहरु नाइमाका आयोजक संस्थाका प्रतिनिधि, नाइमाले सम्बन्धित मिडिया हाउसलाई विज्ञापन दिएपछि ती हाउसबाट आएका पत्रकार र प्रतिनिधि, स्वतन्त्र रुपमा गएका थप केही पत्रकार, विभिन्न ब्राण्डको काम गर्ने विज्ञापन एजेन्सी र तिनले बोलाएका प्रतिनिधि, नाइमाले बोलाएका पाहुना लगायत थिए । तर, अघिल्लो पटक १ लाखले एक्स्पो हेरे भनेर झुट बोलेको नाइमाले यसपटक पनि एक दिनमै २० हजार बढीले एक्स्पो हेरेको भन्दै झुट बाँड्ने काम गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्