Skip to content
LAXMI SUNRISE BANK

‘नाइमा शो’ मा महिला कर्मचारीलाई हदैसम्म समस्या-‘शौचालयको चुकुल लाग्दैन, सफा गर्न पानी छैन’

अर्थ सरोकार

काठमाडौँ । नाइमा शोमा विभिन्न स्टलहरुमा कार्यरत सम्बन्धित कम्पनीका महिला कर्मचारीलाई हदैसम्म समस्या परेको पाइएको छ । विशेषगरी महिला शौचालयमा पानी नहुनु, आकाशबाट पानी परेका बेला छानोबाट पानी चुहिनु, शौचालय अन्त्यन्तै फोहोर हुनु लगायतका समस्याले उनीहरुलाई पिरोलेको पाइएको छ ।

कतिपय मिडियालाई खबर गर्दासमेत कसैले समाचार नहालेको भन्दै केहि महिला कर्मचारीले यस विषयमा अर्थ सरोकारलाई खबर गरेका थिए । तत्कालै अर्थ सरोकारको टिम त्यहाँ पुग्दा उनीहरुले भनेजस्तै समस्या भएको पाइएको छ ।

‘नाइमाकी अध्यक्ष नै महिला, सचिवालयमा अझ धेरै महिला । तर महिलाका विषयमा कसैले सोचेनन् ।’ अर्थ सरोकारसँग कुराकानी गर्दै एक स्टलमा कार्यरत महिला कर्मचारीले भनिन्- ‘लाख लाखका कुरा गर्नुपर्ने छ, तर पिसाब गर्न जाने पनि सहज ठाउँ छैन ।’ उनका अनुसार ढोकामा चुकुल नलाग्दा महिला कर्मचारीहरुलाई अफ्ट्यारो परेको छ । पानी नहुँदा झन् ठुलो समस्या परेको छ । अझ पानी परेका बेला शौचालय जान सक्ने स्थिति नै छैन ।

यस विषयमा नाइमाको सचिवालयमा सम्पर्क गर्दा कोहि सम्पर्कमै आएनन् । अघिल्लोपटक सुपर फ्लप भएको नाइमा शो यसपटक पनि सफल हुन सकेको छैन । शो सफल बनाउन नाइमाले नागरिकका फोन दुरुपयोगदेखि अनेक गैरकानुनी हतकण्डा अपनाईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK