Skip to content
LAXMI SUNRISE BANK

सहकारीमा १ करोड भन्दा बढी रकम बचत गर्ने बचतकर्तालाई स्वघोषणा फारम भर्न आग्रह

अर्थ सरोकार

काठमाडौँ । समस्याग्रस्त सहकारीमा ठूलो रकम बचत गरेका बचतकर्तालाई फारम भर्न आग्रह गरिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन कार्यालयले १ करोड रुपैयाँ वा सो भन्दा बढी बचत गरेका बचतकर्तालाई स्वघोषणा फारम भर्न आग्रह गरेको हो । 

समितिको असार २५ गतेको निर्णय अनुसार स्वघोषणा फारम भर्ने प्रक्रिया अघि बढाइएको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले जनाएको छ ।

उक्त प्रक्रिया अन्तर्गत बचतकर्ताले आफ्नो व्यक्तिगत विवरण, सहकारीमा रहेको कुल बचत र सो बचतको स्रोतका बारेमा स्पष्ट खुलाउनुपर्नेछ । सो बचत रकमको प्रचलित कानून अनुसार सम्पूर्ण कर चुक्ता गरिएको समेत हुनुपर्नेछ । 

उक्त स्वघोषणा फारम भर्दा तोकिएको महलमा विवरण भर्न ठाउँ नपुगेको खण्डमा बचतकर्ताले छुट्टै पानामा बाँकी विवरण भनेर संलग्न गर्न सक्ने पनि समितिको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । 

समितिको कार्यालयका अनुसार सहकारीमा बचत गरिएको रकम सम्पत्ति शुद्धीकरण, आतंकवादी क्रियाकलाप वा अन्य फौजदारी कसुरबाट आर्जित नभएको सुनिश्चितता गर्न उक्त फारम भर्न लगाइएको हो । फारममा उल्लेख गरिएको रकम पुष्टि गर्न आवश्यक परे बचतकर्तासँग सम्बन्धित कागजात र प्रमाणहरु माग गरिने पनि समितिको कार्यालयले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK