काठमाडौं । लामो समयदेखि नेपाली उपभोक्ताले प्रतिक्षा गरिरहेको टाटा मोटर्सको नयाँ विद्युतीय कम्प्याक्ट एसयूभी ‘टाटा पञ्च इभी (Punch.ev)’ नेपालभरका आधिकारिक शोरुमहरूबाट एकैसाथ भव्य रूपमा सार्वजनिक गरिएको छ । काठमाडौंमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा औपचारिक रूपमा लन्च गरिएको यो गाडी देशभरका टाटाका आधिकारिक डिलरमार्फत एकैपटक बिक्रीका लागि उपलब्ध भएको हो ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार नयाँ पञ्च ईभी पूर्वका बिर्तामोडस्थित अलास्का अटोमोबाइल्स, विराटनगर र इटहरीका गोयल अटो, मधेस प्रदेशका गिरिजा अटोमोबाइल्स र राज अटो, पोखराको दीप मोटर्स, नारायणगढको सफल मोटर्स, भैरहवाको अम्बु मार्केटिङ, बुटवलको सफल अटो इन्टरनेसनल, नेपालगञ्जको रुद्रप्रिया इन्टरनेसनल तथा धनगढीको गार्स ट्रेडिङ कन्सर्नबाट एकैसाथ सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै सिप्रदीका प्यासेन्जर भेहिकल बिजनेस युनिट प्रमुख सावन्त जङ्ग सिजापतिले नेपाली बजारमा नयाँ पञ्च ईभीप्रति अत्यधिक उत्साह देखिएको बताए । उनले सुरुवाती बुकिङ नै उत्साहजनक रहेको उल्लेख गर्दै केही दिनभित्रै बुकिङ भएका सबै गाडी ग्राहकलाई हस्तान्तरण गरिने जानकारी दिए ।
कम्पनीले नयाँ पञ्च ईभीको प्रारम्भिक मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । तर, नाइमा मोबिलिटी एक्स्पो २०२६ अवधिभर बुकिङ गर्ने ग्राहकहरूले विशेष अफरअन्तर्गत ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन् ।
त्यसैगरी, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी पनि उपलब्ध गराउने जनाएको छ ।
आकर्षक मूल्य, आधुनिक प्रविधि र विशेष वारेन्टी सुविधासहित सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीले नेपाली विद्युतीय सवारीसाधन बजारमा उल्लेखनीय प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्