काठमाडौँ । साउन २६ गते (मंगलबार) देखि काठमाडौँको भृकुटीमण्डपमा नाइमा अटोमोबिलिटी एक्स्पो सुरु भएको छ । उक्त एक्सपो साउन ३१ गतेसम्म चल्नेछ ।
एक्स्पोमा चार पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधनहरु प्रदर्शनमा राखिएका छन् । नाइमाले गरेको दाबी अनुसार यसपाली ३ करोड ८० लाखसम्म पर्ने नयाँ गाडीका ब्राण्ड पनि सार्वजनिक गरिएको छ ।
निकै तामझामका साथ नाइमा अटो मोबिलिटी एक्स्पो सुरु भए पनि एक्स्पोको पहिलो दिन नै सोचेजस्तो उत्साह भने देखिएन ।

हुन त एक्स्पोको पहिलो दिन भृकुटीमण्डपमा भीडभाड देखिन्थ्यो । तर, पहिलो दिन नाइमा आटोमोबिलिटी एक्स्पोमा गाडी किन्नेको भन्दा हेर्नेहरुको भीड बढी थियो । नयाँ नयाँ ब्रान्डका गाडी सार्वजनिक गर्ने भन्दै व्यापक प्रचार गरेपछि पहिलो दिन नाइमा अटो शोमा गाडी हेर्नेहरुको भीड देखिएको थियो ।
अझ अटो शोमा टिकट नै काटेर हेर्नेको संख्या एकदमै न्यून थियो । अधिकांश गाडी कम्पनी, विज्ञापन एजेन्सीका मान्छे र पत्रकारहरु थिए ।

पहिलो दिन भएकाले विभिन्न संघसंस्थाबाट बोलाइएका व्यक्तिहरु पनि एक्स्पोमा सहभागी थिए । अर्कोतर्फ पहिलो दिन मिडियाहरुको उपस्थिति बाक्लो हुने नै भयो । यही कारण पनि नाइमा अटो शोको पहिलो दिन शोमा भीडभाड देखिएको थियो ।
तर, एक्स्पो हेर्न पुगेकाहरुमध्ये पनि गाडी किन्न आएकाहरु खासै नभएको स्वयम् एक्स्पोमा राखिएका स्टलका कर्मचारीहरुले बताएका छन् । अझ कतिपय त ‘नाइमामा हेर्ने र नाडामा किन्ने’ भन्नेहरुसमेत भेटिएका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्