काठमाडौँ । एकाबिहानै पोखरा बस्ने एक व्यवसायीलाई नाइमाबाट मेसेज आयो । नाइमा मोबिलिटी एक्स्पो घुम्न भन्दै पठाइएको सो मेसेज ‘द अलर्ट’मार्फत आएको थियो । यसअघि थुप्रै फिसिङ्ग लिंकहरु आएर प्रहरीले पटक पटक ख्याल गर्न विज्ञप्ति नै जारी गरेको द अलर्टबाट मेसेज आएपछि उनी झस्किए ।
त्यसपछि अर्थ सरोकारलाई फोन गर्दै उनले भने- ‘नाइमाले मेरो फोन नम्बर कहाँबाट पायो ? मेरो नम्बरमा मेसेज पठाउने अधिकार उसलाई कसले दियो ? त्यसमाथि जहाँबाट फिसिङ लिंक आउँछ भनेर प्रहरीले पटक पटक भनेको छ, त्यहाँबाट नै नाइमाको मेसेज आउनु गलत भएन र ?’
यस विषयमा हामीले थप भेरिफाई गर्यौं । उनीमाथि होइन, धेरैलाई नाइमाले मेसेज गरेको रहेछ ।
नाइमाले ती विवरण कहाँबाट पायो भन्ने यकिन हुन सकेको छैन । तर, फोन नम्बरहरुको नाइमाले चरम दुरुपयोग गरेको छ भन्ने कुरा भने सो एसएमएसबाट थाहा भयो ।
नाइमा सचिवालयका प्रमुखदेखि मिडिया हेर्ने भनेर राखिएकी कर्मचारी केहि दिन यता सम्पर्कबाहिर छन् । पहिलो संस्करणजस्तै सुपर फ्लप हुने डर भएपछि यस्ता गैरकानुनी काममार्फत भिजिटर बढाउने काम गरेपछि निमा थप विवादमा परेको छ ।
कानुन व्यवसायीहरु कसैको अनुमति विना यसरी मेसेज गर्न नमिल्ने र कतै कुनै प्रयोजनका लागि दिएको नम्बर यसरी अर्को प्रयोजनका लागि प्रयोग हुन नहुने बताउँछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
English Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्