Skip to content
LAXMI SUNRISE BANK

पूँजी बजार सुधार्न कस्सिए अर्थमन्त्री, खोजे राष्ट्र बैंक र धितोपत्र बोर्डको साथ, बजार सुधार्ने उपाय दिन निर्देशन !

अर्थ सरोकार

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजी बजार विकास र सुधारका लागि कानुनी उपाय पेस गर्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डका उच्च अधिकारीसँग छलफल गर्दै उनले यस्तो निर्देशन दिएका हुन् ।

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा पौडेल सहभागी थिए ।

यसो त हाल सरकारले पूँजी बजार सुधारका लागि प्याकेज निर्माणको तयारी गरिरहेको छ । त्यसैका लागि अर्थमन्त्रीले छलफल गर्नुका साथै बजार सुधारका उपाय मागेको अर्थ मन्त्रालयका एक अधिकारीको भनाई छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK