काठमाडौं । काठमाडौँको पुरानो बानेश्वरस्थित राजधानी मोडेल कलेजले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीका लागि छात्रवृत्ति दिने घोषणा गरेको छ । कलेजले बाढीबाट प्रभावित कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि विशेष छात्रवृत्ति योजना घोषणा गरेको हो ।
कलेजका अनुसार बाढी प्रभावित परिवारका विद्यार्थीलाई उच्च शिक्षाको अवसरबाट वञ्चित हुन नदिन BBA, BHM र BCSIT कार्यक्रममा विशेष छात्रवृत्ति प्रदान गरिनेछ । योजनाअन्तर्गत १० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइने कलेजले जनाएको छ । यस विशेष छात्रवृत्ति योजनाको कुल लागत ७० लाख रुपैयाँभन्दा बढी रहेको कलेजले जनाएको छ ।
बाढीका कारण आर्थिक तथा पारिवारिक समस्यामा परेका विद्यार्थीलाई उच्च शिक्षा निरन्तरता दिन सहयोग पुर्याउने उद्देश्यले छात्रवृत्ति कार्यक्रम ल्याइएको कलेजले जनाएको छ ।
राजधानी मोडल कलेजले ‘उच्च शिक्षाको यात्रा रोक्न नपरोस्, हामी सँगै छौं’ भन्ने सन्देशसहित छात्रवृत्ति योजना अघि सारेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्