काठमाडौँ । खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका छन् । काठमाडौँको रातोपुल नजिक मासु पसल खोलेर खसीको भन्दै बाख्रीको मासु बेच्ने तीन जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारतको सितामणी घर भई हाल काठमाडौँ रातोपुल बस्दै आएका २५ वर्षीय महमद इम्रान मन्सुरी, नुवाकोट घर भई सिफल बस्ने १८ वर्षीय अरुण कार्की र हेटौँडाका २१ वर्षीय सुजन रसाइली रहेका छन् ।
खसीको भन्दै प्रतिकिलो १८ सय रुपैयाँमा बाख्रीको मासु बेचेको पाइएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई बाख्रीको मासु र काट्न ठिक्क पारेको बाख्रीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका तीनै जनालाई प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्