Skip to content
LAXMI SUNRISE BANK

जथाभावी फोहोर फाल्नेलाई १० लाख जरिवाना र जेल हाल्ने कानून ल्याइँदै !

अर्थ सरोकार

काठमाडौँ । सरकारले जथाभावी फोहोर फाल्नेलाई जेल हाल्नेसम्मको कानून बनाउने तयारी गरेको छ । ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मार्फत सरकारले यस्तो तयारी गरेको हो । 

सरकारले उक्त विधेयक संघीय संसद्मा समेत पेस गरिसकेको छ । 

विधेयकमा जथाभावी फोहोर फाल्ने, जलाउने, छुट्याएको फोहोर मिसाउने, फोहोर व्यवस्थापनमा अवरोध पुर्याउने, सार्वजनिक स्थानमा राखिएका डस्टबिन तोडफोड गर्ने वा फोहोरमैला व्यवस्थापनसम्बन्धी शर्तहरुको उल्लंघन गरेमा कसुरको प्रकृति हेरी १ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । 

त्यस्तै, फोहोरमैला व्यवस्थापनसम्बन्धी गम्भीर प्रकृतिका कसुर गर्नेलाई १५ दिनदेखि ३ महिनासम्मको कैद सजाय वा दुवै सजाय हुनसक्ने व्यवस्था गरिएको छ । 

अर्कोतर्फ फोहोरमैला संकलन तथा विसर्जनमा हड्ताल वा अवरोध गरेमा त्यस्ता व्यक्तिमाथि सरकारी मुद्दा चल्ने पनि विधेयकमा उल्लेख छ । यस्तो छ प्रस्तावित विधेयकः

bidheyak
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK