Skip to content
LAXMI SUNRISE BANK

सरकारी ऋण २९ खर्ब ७३ अर्ब पुग्यो, थप ६ खर्ब लिने लक्ष्य !

अर्थ सरोकार

काठमाडौँ । सरकारको सार्वजनिक ऋण पौने ३० खर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको विवरण अनुसार भदौ मसान्तसम्म नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब ५ करोड ९२ लाख रुपैयाँ पुगेको हो । 

गत आर्थिक वर्षको असार मसान्तमा सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड थियो । यसबीचमा लिएको ऋण भन्दा भुक्तानी बढी भएपछि सरकारी ऋण घटेको हो ।

सरकारको कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ६१ अर्ब ८७ करोड रुपैयाँ छ भने बाह्य ऋण १६ खर्ब ११ अर्ब १८ करोड रुपैयाँ रहेको छ । सरकारको कुल सार्वजनिक ऋण कुल ग्राहस्थ उत्पादन (जिडिपी)को ४५.०५ प्रतिशत हो ।

भदौसम्म सरकारले कुल ६१ अर्ब ५ करोड ऋण लिएको छ भने ७० अर्ब १३ करोड रुपैयाँ भुक्तानी गरेको छ । यता सरकारले चालु आर्थिक वर्षमा ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ ऋण लिने लक्ष्य राखेको छ । जसमध्ये सरकारले भदौसम्म ६१ अर्ब ५ करोड रुपैयाँ ऋण लिइसकेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK