Skip to content
LAXMI SUNRISE BANK

बाढीले बगाएर ल्याएको गहना फिर्ता नगरी आफैँ लुकाउने व्यक्ति पक्राउ

अर्थ सरोकार

काठमाडौँ । बाढीले बगाएर ल्याएका गहना भेटेर फिर्ता नगर्ने व्यक्तिलाई पक्राउ गरिएको छ । धादिङको गजुरी गाउँपालिका-६, बन्छेटारका रामबहादुर तामाङलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार भदौ १० गते भोटेकोशीमा आएको बाढीले विदुर नगरपालिका-१ त्रिशूली बजारका लीलाबहादुर बोगटीको घरबाट बगाएर ल्याएका गहना भेटाएका थिए । 

प्रहरीले सूचना नै जारी गरेर बाढीले बगाएर ल्याएका धनमाल फिर्ता गर्न भने पनि उनले सो गहना आफैँ राखेका थिए । पछि तामाङले ती गहना लुकाइछिपाई राखेको सूचनाका आधारमा प्रहरीले उनको घरमा छापा मारेको थियो ।

पक्राउ परेका तामाङको साथबाट प्रहरीले पहेँलो धातुका बाला ३ टुक्रा, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी, रातो पोतेमा जडित दुई थान मंगलशुत्रचाँदीकोजस्तो देखिने दुई जोर पाउजु बरामद गरेको छ । हाल तामाङमाथि चोरीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK