Skip to content
LAXMI SUNRISE BANK

सडक भासिँदा ग्यास आपुर्तिमा समस्या, डिलरमा सिलिन्डर साट्नेको उदेकलाग्दो लाइन ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ ।  भोटेकोशीमा आएको बाढीका कारण सडक नै भासिएपछि ग्यास आपुर्तिमा समस्या देखिएको छ । बाढीले सडक कटान गरेपछि धादिङको कृष्णभीरमा पहिरो जाँदा काठमाडौँमा खाना पकाउने एलपी ग्यासलगायत अत्यावश्यक वस्तुको अभाव देखिन थालेको हो । 

कृष्णभीरमा गएको पहिरोले सडक नै बगाएपछि आइतबारदेखि पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ । 

सडक अवरुद्ध हुँदा काठमाडौँ उपत्यकातर्फ आउने ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन बीच बाटोमै रोकिएका छन् । जसका कारण उपत्यकामा ग्यास आपूर्ति प्रभावित भएको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौँका विभिन्न बिक्री केन्द्रमा ग्यास लिन सर्वसाधारणको भीड बढ्न थालेको छ । अनामनगरस्थित नेपाल ग्यासको आधिकारिक बिक्री केन्द्रमा पाँच दिनदेखि ग्यासका लागि सर्वसाधारणको लामो लाइन लागेको छ । ग्यास नपाउँदा उपभोक्ताले घण्टौँ लाइनमा बसेर पनि खाली सिलिन्डर बोकेर फर्किनुपर्ने अवस्था आएको बताएका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK