Skip to content
LAXMI SUNRISE BANK

सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयन गर्ने तयारी, धितोपत्र बोर्डद्वारा अवधारणापत्र सार्वजनिक

अर्थ सरोकार

काठमाडौँ । सेयर बजारमा इन्ट्राडे कारोबार कार्यान्वयन गर्ने तयारी गरिएको छ । इन्ट्राडे कारोबार कार्यान्वयको तयारी गरेको धितोपत्र बोर्डले एक अवधारणा पत्र सार्वजनिक गर्दै आवश्यक सुझाव मागेको हो ।

प्रारम्भिक चरणमा ‘बाई फर्स्ट, सेल लेटर’ प्रकृतिको कारोबारबाट सुरु गर्ने र सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ्ग तथा कभर्ड सर्ट सेलिङको पूर्वाधार पर्याप्त रुपमा विकास भएपछि मात्र ‘सेल फर्स्ट, बाई लेटर’ प्रकृतिको कारोबारलाई कार्यान्वय दिने बोर्डले प्रस्ताव गरेको छ । 

त्यसका लागि आवश्यक सुझाव तथा परामर्श संकलनका लागि ‘नेपालमा धितोपत्रको अन्तरदिवसीय कारोबार (इन्ट्राडे ट्रेडिङ) कार्यान्वयन सम्बन्धी अवधारणा, २०८३’ तयारी गरी सार्वजनिक गरिएको बोर्डले जनाएको छ । 

बोर्डद्वारा प्रस्तावित अवधारणापत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ । प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तरदिवसीय कारोबारका लागि योग्य बनाउन सकिने भए पनि परीक्षण चरणमा प्राप्त अनुभव र जोखिमको मूल्याङ्कनपछि कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको छ। 

त्यस्तै, इन्ट्राडे कारोबारलाई तत्काल पूर्ण रुपमा सञ्चालन ल्याउने भन्दा पहिले आवश्यक कानूनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्ता व्यवस्था, ब्रोकर एसओपी, रिस्क डिस्क्लोजर, मार्जिन/आरएमएस, सर्भिलेन्स तथा प्रविधिगत पूर्वाधार तयार गर्ने र त्यसपछि टेस्टिङ, पाइलट तथा रिडनेस एसेस्मेन्ट मार्फत चरणबद्ध रुपमा कार्यान्वयन गर्ने अबधारणा प्रस्तुत गरिएको बोर्डले जनाएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK