Skip to content
LAXMI SUNRISE BANK

बिहीबार धान काट्दै हुनुहुन्छ ? मौसमविद्ले भने- ‘नकाट्नुस्, पानी पर्न सक्छ’

अर्थ सरोकार

काठमाडौँ । बिहीबारदेखि धान काट्ने तयारी गरेकाहरुलाई धान नकाट्न मौसमविद्हरुले सुझाव दिएका छन् । बिहीबारदेखि झरी पर्ने सम्भावना भएकाले मौसमविद्हरुले बिहीबारदेखि आइतबारसम्म धान नकाट्न सुझाव दिएका हुन् । 

मौसमविद्हरुका अनुसार बंगालको खाडीमा बन्ने न्यूनचापीय प्रणाली चक्रवात विकसित हुने सम्भावना रहेकाले बिहीबारदेखि झरी पर्ने सम्भावना छ ।

भारी वर्षा र निरन्तर झरीसँगै हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना रहेकाले मौसमविद्ले बिहीबारदेखि आइतबारसम्म धान नकाट्न किसानहरुलाई सुझाव दिएका छन् । 

त्यस्तै, धान काट्ने, भित्र्याउने काम मंगलबारअघि सिध्याउन पनि सुझाव दिएका छन् । अर्कोतर्फ हिमाली क्षेत्रमा यात्रा गर्नेहरुलाई पनि अत्यावश्यक बाहेकको अवस्थामा यात्रा नगर्न र यात्रा गर्नै परे सावधानी अपनाउन पनि मौसमविद्हरुले आग्रह गरेका छन् । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK