Skip to content
LAXMI SUNRISE BANK

दशैँका लागि खसीबोका किन्नेको भीड, एउटैको मूल्य ३ हजारदेखि ५० हजारसम्म ! (तस्वीरहरु)

अर्थ सरोकार

काठमाडौँ । दशैँ नजिकिएसँगै सुनसरीको इनरुवा-३ स्थित सोमबारे हाटमा खसीबोका किन्नेको भीड लागेको छ । दशैँको घटस्थापनाको भोलिपल्ट (आज) सोमबार जिल्लाका विभिन्न पालिकाबाट आएका सर्वसाधारण खसीबोका खरिद गर्न हाटमा पुगेका हुन् ।

हाटमा बिक्रीका लागि ल्याइएका साना पाठापाठीको मूल्य दुई-तीन हजार रुपैयाँदेखि ठूला खसीबोकाको मूल्य ५० हजार रुपैयाँसम्म तोकिएको छ । दशैँमा लागि आवश्यक खसीबोका खरिद गर्न सर्वसाधारण बिहानैदेखि हाटमा पुग्दा बजारमा चहलपहल बढेको छ ।

नेपाली समाजमा दशैँका अवसरमा मासु खाने प्रचलन रहेकाले यो समयमा खसीबोकाको माग बढ्ने गर्छ । दशैँको महाअष्टमी तथा महानवमीका दिन नवदुर्गा भवानीलाई बोकाको बलि चढाउने धार्मिक परम्परासमेत रहेको छ ।

यही परम्परा र पारिवारिक जमघटका लागि मासुको जोहो गर्न सर्वसाधारण दशैँअघि खसीबोका खरिदमा जुट्ने गरेका छन् । बाँकी तस्वीरमा हेर्नुहोस्ः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK