Skip to content
LAXMI SUNRISE BANK

हजारौँ कर्मचारी कटौती गर्ने घोषणापछि माइक्रोसफ्टको नाफा साढे ३६ अर्ब डलर नाघ्यो

अर्थ सरोकार

काठमाडौँ । प्रविधि कम्पनी माइक्रोसफ्टको नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा माइक्रोसफ्टको नाफा ३६ अर्ब ६० करोड डलर भन्दा बढी पुगेको हो । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार हजारौँ कर्मचारीलाई स्वैच्छिक अवकाश दिने घोषणा गरेको केही दिनमै कम्पनीको नाफा बढेको हो । कम्पनीले सेप्टेम्बर मसान्तसम्मको तीन महिनामा ९२ अर्ब ३० करोड डलर पुगेको छ । जुन १९ प्रतिशत बढी हो ।

क्लाउड कम्प्युटिङ व्यवसायमा भएको वृद्धिका कारण माइक्रोसफ्टको आम्दानी बढेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । माइक्रोसफ्ट क्लाउडको आम्दानी ३० प्रतिशतले बढेको छ । 

यता सेयर बजारमा पनि माइक्रोसफ्टको सेयर उकालो गतिमा देखिएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK