काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ३३.२९ अंकले बढेर २६६४.०६ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३४८ कम्पनीको १ करोड ९३ लाख ९७ हजार ५४८ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ७ अर्ब ४५ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार लिवर्टी इनर्जी कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा बेनी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
यता, १०% प्राइम डिबेन्चर २०८८का लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य २ प्रतिशतभन्दा धेरैले घटेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्