काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुनको मूल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ३ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७८ हजार ७ सय ५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७८ हजार २ सय ७५ रुपैयाँ कायम गरेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ८९ रुपैयाँ कायम गरिएको छ ।