×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता आइपीओ नेप्सेमा सूचिकृत, सोमबारदेखि कारोबारमा आउने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मनकामना स्मार्ट लघुवित्तको १२ लाख ११ हजार ५ सय कित्ता आइपीओ नेप्सेमा सूचिकृत, सोमबारदेखि कारोबारमा आउने

Artha Sarokar

१७ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मनकामना स्मार्ट लघुवित्तको आइपीओ सुचिकृत भएको छ । आज आइतबार कम्पनीको १२ लाख ११ हजार ५ सय कित्ता आइपीओ सुचिकृत भएको हो ।
सेयर सूचिकृत भएसँगै सोमबारदेखि कम्पनीको सेयर कारोबारमा आउने छ । कम्पनीको MKLB सिम्बलबाट कारोबार हुनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ११० रुपैयाँ ८४ पैसादेखि ३०२ रुपैयाँ ५२ पैसा सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।
कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता शेयर निष्कासन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी