काठमाडौं । गत आर्थिक वर्षको चौंथो त्रैमासमा सप्तकोशी डेभलपमेन्ट बैंकले नाफामा आकर्षक वृद्धि गरेको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १०४.८३% ले बढाएर ६ करोड १९ लाख ३८ लाख रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्ष यसले ३ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकका अनुसार खुद ब्याज आम्दानी भने घटेको छ । अघिल्लो वर्ष २२ करोड २० लाख रुपैयाँ खुद ब्याज रहेको बैंकको यो त्रैमाससम्म आउँदा २.१६% ले घटेर २१ करोड ७२ लाख रुपैयाँमा झरेको छ । यस्तै नाफा भने ११२.३२% ले बढाएर ८ करोड ८५ लाख रुपैयाँ पुर्याएको छ ।
असारसम्म ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको वित्तीय विवरणमा उल्लेख छ । हाल बैंकको रिजर्भ कोषमा ९ करोड ८० लाख रुपैयाँ जम्मा छ । असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा ७ करोड ४४ लाख रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी (वार्षिक) ७ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्