×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लास्ट रिमाइन्डर’ : फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘लास्ट रिमाइन्डर’ : फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको ८० हजार ५०० कित्ता संस्थापक सेयर लिलामी भर्ने मंगलबार अन्तिम दिन

Artha Sarokar

२६ श्रावण २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वामित्वमा रहेको फर्स्ट माइक्रोफाइनान्सको संस्थापक सेयर आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीको ८० हजार ५०० कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म आवेदन दिने पाइने भएको हो ।
लगानीकर्ताले यसमा न्यूनतम ३०० रुपैयाँ भाउ राखेर आवेदन दिन सक्नेछन् भने न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । बैंकको सो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, नक्सालमा बुझाउन सकिनेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी