काठमाडौं । साताको कारोबारको पाचौं दिन बिहीबार सुनको मूल्य बढेको छ । बुधबार प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले बढेर प्रतितोला ८९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै तेजावी सुनको मूल्य पनि ६ सयले बढेर प्रतितोला ८८ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोला १ हजार १ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम सुनको मूल्य ७६ हजार ६ सय ४५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ७६ हजार २ सय ६० रुपैयाँ तोकेको छ । यस्तै प्रति १० ग्राम चाँदीको मूल्य भने १ हजार २० रुपैयाँ कायम गरिएको छ ।