×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक अफ काठमाण्डूद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, वितरणयोग्य नाफा १ अर्ब १२ करोड ७१ लाख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बैंक अफ काठमाण्डूद्वारा चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक, वितरणयोग्य नाफा १ अर्ब १२ करोड ७१ लाख

Artha Sarokar

३१ श्रावण २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा बैंक अफ काठमाण्डूको खुद नाफामा  ४.५०% ले बढेको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ कमाएको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा यस बैंकले १ अर्ब ४६ करोड ९६ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको वितरणयोग्य नाफा भने २७.९७% ले बढेर १ अर्ब १२ करोड ७१ लाख ४५ हजार रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष यसको वितरणयोग्य नाफा ८८ करोड ७ लाख ८५ हजार रुपैयाँ थियो । बैंकको खुद ब्याज आम्दानी १४.२९% ले घटेर ३ अर्ब १४ करोड ९८ लाख ९३ हजार रुपैयाँमा सीमित भएको छ ।
यता सञ्चालन नाफा ७.७२% ले बढेर २ अर्ब २५ करोड ५८ लाख ११ हजार रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १५ रुपैयाँ ९० पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी