भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका खरिपाटीस्थित मुहानपोखरी रमाउँदै आन्तरिक पर्यटक ।
व्यास नगरपालिका–१४ र बन्दीपुर गाउँपालिका–६ ढाड खोला जोड्ने मोटरेवल पुलमा बाढीले पु¥याएको क्षतिको अवलोकनपछि छलफलमा जुट्दै व्यास नगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठ साथमा स्थानीयवासी । पुल मर्मतको लागि चालु आर्थिक वर्षमा नगरपालिकाले रु पाँच लाख पचासी हजार विनियोजन गरेको छ ।
भक्तपुर जिल्लाको पर्यटकीस्थल नगरकोट भ्यूटावरमा आन्तरिक पर्यटकको भीड ।
बागलुङ जिल्लामा कोरोना सङ्क्रमण दर बढेपछि निषेधाज्ञामा कडाइ गरेसँगै सुनसान बनेको बागलुङ बजार । भदौको ५ गतेसम्म बागलुङमा कडा निषेधाज्ञा जारी छ ।
कैलालीको धनगढी उपमहानगरपलिका–२, कल्भर्टमा माछा मार्दै स्थानीयवासी ।
घोराही –६ फचकपुरका एक घरमा तोप चराले बनाएका गुँड । सिपालु कालीगढका रूपमा चिनिने यो चरा दाङमा कमै पाइन्छ ।
कञ्चनपुरको महेन्द्रनगरमा नेपाली सेनाले निर्माण गरिरहेको होल्डिङ्ग सेन्टर । महामारीलगायत विपत्का बेला नागरिकलाई सुरक्षित तवरले व्यवस्थापन गर्न सहज हुने उद्देश्यले यहाँ एक हजार शैयाको होल्डिङ्ग सेन्टर बनाउन लागिएको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका– ३ मौवाफाँटमा मुक्तिनाथ बहुउदेश्यीय सहकारी संस्थाको सेवा केन्द्रको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी लगायत । सदरमुकाम बेनीमा केन्दीय कार्यालय रहेको उक्त सहकारीले मौवाफाँटमा वित्तिय पहुँच विस्तारका लागि सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।