काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमासमा सेन्चुरी कमर्सियल बैंकको नाफा ६.७७% ले घटेको छ । बैंकको खुद नाफा ६.७७% ले घटेर ७५ करोड ३६ लाख रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसै अवधिमा बैंकले ८० करोड ४५ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता बैंकको खुद ब्याज आम्दानी पनि ३.२९% ले घटेर २ अर्ब ६० करोड ६५ लाख ६९ हजार रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा ४८.६२% ले बढेर ५९ करोड ४६ हजार ३१ लाख रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा १४.९०% ले घटेर १ अर्ब ३ करोड ४५ लाख ४५ हजार रुपैयाँमा सीमित भएको छ ।
बैंकको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३० पैसा र प्रतिसेयर नेटवर्थ १२२ रुपैयाँ ३४ पैसा छ ।