काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाले १६ करोड ३३ लाख ८ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।कम्पनीले असार मसान्तसम्म खुद नाफा ६६.८३% ले बढाएर १६ करोड ३३ लाख ८ हजार रुपैयाँ कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले अघिल्लो वर्ष यसै अवधिमा भने ९ करोड ७८ लाख ८७ हजार रुपैयाँ मात्रै रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीले ४१ करोड १६ लाख ३० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन नाफा २५ करोड ९२ लाख २० हजार रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पूँजी १७ करोड २१ लाख २५ हजार रुपैयाँ छ । रिजर्भ कोषमा पनि आकर्षक वृद्धि गरी ४२ करोड ७३ लाख २५ हजार रुपैयाँ पुर्याएको छ ।
अघिल्लो वर्ष रिजर्भमा २७ करोड ७८ लाख ८१ हजार रुपैयाँ थियो । यस लघुवित्तको खराब कर्जा भने निकै बढेको छ । अघिल्लो वर्ष २.१७% मात्र रहेको खराब कर्जा अहिले ६.९७% पुगेको छ । कम्पनीले ८ लाख २८ हजार ७५० कित्ता आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।